उद्देश्यहरू

  • संस्थाले सहकारीको माध्यमबाट छरिएर रहेका पूँजी, ज्ञान, सीप र प्रविधिलाई एकीकृत गरी संस्थामा संलग्न सदस्यहरूलाई मितव्ययिता अपनाउन तथा बचत गर्न अभिप्रेरित गर्ने र सदस्यहरूबाटै जम्मा हुन आएको बचत रकमबाट आय आर्जन वृद्धिका लागि व्यवसाय सञ्चालन गर्न आवश्यक परामर्श एवम् वित्तीय सहयोग उपलव्ध गराउने यसको उद्देश्य रहेको छ ।
  • बहुउद्देश्यीय सहकारी संस्थाको उद्देश्य प्राप्तिका लागि भविष्यमा महिला शिक्षा तथा तालिमहरूको व्यवस्था गर्नुका साथै सहकारी पद्धतिमा आधारित सहकारी स्कुल तथा कलेज सञ्चालन गर्ने, सहकारी अस्पताल तथा नर्सिङ्ग होम सञ्चालन गर्ने, स्वास्थ्य सम्बन्धी कार्यहरू गर्ने तथा बिक्रीका लागि उचित बजार व्यवस्थापन गर्ने, घर जग्गा खरिद बिक्री, हाउजिङ् तथा आवाससम्बन्धी कार्य गर्ने र विभिन्न उपभोग्य बस्तुको बिक्री वितरण गर्न डिपार्टमेन्टल स्टोर सञ्चालन गर्ने र सोको माध्यमबाट विभिन्न रोजगारीको अवसरहरू सिर्जना गरी समग्र मुलुकको आर्थिक तथा सामाजिक रूपान्तर तथा गरिबी न्यूनीकरणमा उल्लेख्य योगदान पुर्याउने यस संस्थाको दीर्घकालीन लक्ष्य रहेको छ ।
  • सरकारले नै सहकारीलाई राष्ट्रिय विकासका तीन आधार स्तम्भमध्ये एकको रूपमा अङ्गीकार गरेको हुँदा यस संस्थाको हालको कार्य क्षेत्रलाई विस्तार गरी बढीभन्दा बढी व्यक्तिहरूलाई सदस्यको रूपमा सहकारीमा आबद्ध गराई उनीहरूको आर्थिक तथा सामाजिक अवस्थाको अभिवृद्धि गर्ने यस संस्थाको अर्को उद्देश्य रहेको छ ।
  • भविष्यमा एक समाजिक कोष स्थापना गरी आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत गरिब, दलित, सीमान्तीकृत तथा पिछडिएका समाजका जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्ति उपलव्ध गराउनुका साथै प्राकृतिक प्रकोपबाट सिर्जना हुने अप्ठ्यारो परिस्थितिमा आर्थिक, भौतिक तथा नैतिक सहयोग पुर्याउने एक असल संस्थाको भूमिका निर्वाह गर्ने समेत यसको लक्ष्य रहेको छ ।

Top