निदान हस्पिटलसंग सहकार्य

इलम बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यहरूको हितका लागि पुल्चोक ललितपुरस्थित निदान हस्पिटलसंग सहकार्य गर्ने भएको छ । सहकारी र हस्पिटलबीच सम्झौतापछि हस्पिटलले प्रदान गर्ने विभिन्न सेवाहरूको शुल्कमा सहकारीका सदस्यहरूले १० देखि १५ प्रतिशतसम्म छुट पाउने छ । सोका लागि सहकारीले संस्थामा दश हजार वा सोभन्दा माथि शेयर रकम भएका आफ्ना सदस्यहरूलाई एक विशेष परिचयपत्र प्रदान गर्नेछ र निदान हस्पिटलको कुनै पनि सेवाको शुल्कमा छुट लिन चाहेमा अनिवार्यरूपमा उक्त परिचय पत्र देखाउनु पर्नेछ ।

Top