news

१८ औँ वार्षिक साधारण सभा

१८ औँ वार्षिक प्रगति प्रतिवेदन

निदान हस्पिटलसंग सहकार्य

इलम बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यहरूको हितका लागि पुल्चोक ललितपुरस्थित निदान हस्पिटलसंग सहकार्य गर्ने भएको छ । सहकारी र हस्पिटलबीच सम्झौतापछि हस्पिटलले प्रदान गर्ने विभिन्न सेवाहरूको शुल्कमा सहकारीका सदस्यहरूले १० देखि १५ प्रतिशतसम्म छुट पाउने छ । सोका लागि सहकारीले संस्थामा दश हजार वा सोभन्दा माथि शेयर रकम भएका आफ्ना सदस्यहरूलाई एक विशेष परिचयपत्र प्रदान गर्नेछ र निदान हस्पिटलको कुनै पनि सेवाको शुल्कमा छुट लिन चाहेमा अनिवार्यरूपमा उक्त परिचय पत्र देखाउनु पर्नेछ ।

बाढी–पीडितलाई सहयोग

इलम बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत हालै आएको अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा गएको भीषण बाढी–पहिरोबाट भएको जनधनको क्षतीप्रति गहिरो दुःख व्यक्त गर्दै कान्तिपुर मिडिया ग्रुपद्वारा स्थापित बाढी–पहिरो राहत कोषमा पीडित समुदायलाई सहयोगार्थ रु.१०,१५०/– (अक्षरेपि दश हजार एक सय पचार मात्र) जम्मा गरेको छ ।

Top